Wednesday, 19 August 2026 Skip to news
Advertisement
समाचार

नेपाल प्रहरीका सईलाई पर्‍यो १० लाखको करदाता प्रोत्साहन बम्पर उपहार

Share

२ भदौ, काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।

उनी नेपाल प्रहरी नायब निरीक्षक (सई) हुन् । हाल उनी बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत छन् ।

आन्तरिक राजस्व विभागले गत सोमबार उपहार घोषणा गरेको थियो । यो साउन महिनामा गरिएको दोस्रो उपहार घोषणा हो ।

दोस्रो १६ दिनमा हरेक दिनको एक जना र सबै सहभागी मध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो । त्यसै मध्येका बम्पर उपहार पुडासैनीले जितेका हुन् ।

उन मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३ सय ५० रुपैयाँको कारोबार बम्पर उपहारमा छानिएको हो ।

मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको उनले अर्थ मन्त्रालयमा जानकारी गराएका छन् ।

‘मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,’ उनले भनेका छन्, ‘त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ, एकदमै खुसी लाग्यो, सबैतिरबाट बधाई आइरहेको रहेको छ, सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।’

rajeev.p
Reporter / Author

rajeev.p

Senior Reporter

Leave a Reply

Your email address will not be published. Required fields are marked *